घटेको बजारमा मेगा बैंकको सर्बाधिक शेयर कारोबार, इन्भेस्टमेन्टको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 29, 2018 | 05:10:37 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से ४.७९ अंकले घटेर ११७२.३० को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६३ कम्पनीका ६ लाख ४ हजार ४ सय ३८ कित्ता शेयर खरिद बिक्रिबाट १९ करोड २१ लाख ५६ हजार ३ सय २६ रुपैयाँको कारोबार भएको छ । 

आज नेपाल इन्भेस्ट बैंकको सबै भन्दा धेरै १ करोड ३२ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनएमबी बैंक, मेगा बैंक, नेपाल लाइफ इन्स्योरेन्स, चिलिमे हाइड्रो लगायत रहेका छन् । 

आज ङादी पावरका लगानीकर्ताले सर्बाधिक ४.१४ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा एनएमबी माइक्रोफाइनान्स, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रो, सगरमाथा इन्स्योरेन्स लगायत रहेका छन् । 

आज कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले सर्बाधिक ५.१६ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा नयाँ नेपाल लघुवित्त, किसान माइक्रोफाइनान्स, समता माइक्रोफाइनान्स, बोटलर्स नेपाल तराई लगायत रहेका छन् । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । 

आज मेगा बैंकको सर्बाधिक ५३ हजार ४ सय ९१ कित्ता शेयर खरिद बिक्रि भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved