शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2018 | 11:24:27 AM मा प्रकाशित

laxmi  sunrise bank

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ  । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले १८ प्रतिशत बोनस तथा बोनस सेयरको कर प्रयोजनका लागि ०.९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

बैंकले चुक्ता पुंजीको १८ प्रतिशतले हुन् आउने २४ करोड ८१ लाख ५० हजार ८ सय बराबरको बोनस र कर प्रयोजनको लागि ०.९५ प्रतिशतले हुन् आउने १ करोड ३० लाख ६० हजार ५ सय ६८ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ ।

हाल बैंकको चुक्ता पुंजी १ अर्ब ३७ करोड ८६ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुंजी १ अर्ब ६२ करोड ६७ लाख पुग्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved