शतप्रतिशत हकप्रद निष्काशनको लागि स्वदेशी लघुवित्तको बुक क्लोज मिती तय

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2018 | 11:33:31 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्काशन प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ  । बैंकको भदौ १३ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन प्रयोजनार्थ भदौ १५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । भदौ २४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । 

स्वदेशी लघुवित्त नयाँ आर्थिक बर्ष सुरु भएपछि हकप्रद निष्काशनको अनुमति पाउने पहिलो कम्पनी बनेको हो । नेपाल धितोपत्र बोर्डले साउन २४ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो  ।  अब कम्पनीले चुक्त्ता पूँजीकाे एक बराबर एक अनुपातमा अर्थात् शत प्रतिसत हकप्रद निष्काशन गर्ने छ ।  कम्पनीले ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्ने भएको हो । कम्पनीले हकप्रद निष्काशन गर्न  एनआईसी एशिया क्यापिटललाई तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेकोमा शत प्रतिशत हकप्रदपछि चुक्ता पुंजी २३ करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved