नेप्सेमा सुधार, एनआईसी एसियाको कारोबार उच्च, नाडेपका लगानीकर्ताले सर्बाधिक कमाए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Aug 30, 2018 | 03:49:49 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको अन्तिम दिन आज बिहिबार बजार परिसूचक नेप्से बढेको छ । आज नेप्से सूचक ९.३९ अंकले बढेर ११८१.६९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६७ कम्पनीका ६ लाख ९४ हजार ३ सय ७८ कित्ता शेयर खरिद बिक्रिबाट २१ करोड ८ लाख ७३ हजार ३ सय ७२ रुपैयाँको कारोबार भएको छ । 

आज एनआईसी एसिया बैंकको सर्बाधिक २ करोड ९ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, इन्भेस्टमेन्ट बैंक संस्थापक शेयर , एनएमबि बैंक, एनएलजी इन्स्योरेन्स लगायत रहेका छन् । 

आज कारोबारमा आएका होटेल्स समुह बाहेकका सबै समुहगत सूचक बढेका छन् । 

आज नाडेप लघुवित्तका लगानीकर्ताले सर्बाधिक ८.८८ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा स्वदेशी लघुवित्त, पुर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स, नेपाल सेवा लघुवित्त लगायत रहेका छन् । 

आज शप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ३.४१ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा छ्यांङदी हाइड्रो, भार्गव विकास बैंक, बेस्ट फाइनान्स , ग्लोबल आईएमई लघुवित्त लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved