पारित नै नभएको हकप्रदको शेयर मूल्य समायोजन: चलखेल कि नेप्सेको गल्ती ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 03, 2018 | 11:57:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले हकप्रद निष्काशनको अनुमति नै नपाएको कम्पनीको शेयर मूल्य समायोजना गरेको पाईएको छ सोमबार नेप्सेले ग्रामिण विकास लघुवित्तको ५० प्रतिशत हकप्रदपछि शेयर मूल्य समायोजन गरेको सूचना आफ्नो वेबसाइटमा राखेको हो  ।


तर कम्पनीको हकप्रद साधारणसभाबाट समेत पारित भएको छैन । लघुवित्तको साउन २९ गते मंगलबार बसेको सञ्चालक समितिले पचास प्रतिशत हकप्रद जारी गर्न विशेष साधारण सभा बोलाउने निर्णय गरेकाे थियाे । सोहि अनुसार कम्पनीले अगामी असोज ५ गते विशेष साधारण सभा बोलाएको छ । विशेष साधारण सभाका लागि लघुवित्तले भदौ १८ गतेदेखि सभाको दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो ।

तर नेप्सेले भने बुक क्लोज गर्ने भनिएको दिन नै मूल्य समायोजन गरिदिएको हो । अहिले भने नेप्सेले उक्त सूचना हटाएको छ । नेप्सेले प्राविधिक गडबडी भएकोले यस्तो हुन् गएको र सूचना हटाईसकेको जनाएको छ ।  

नेप्सेले विशेष साधारणसभा प्रयोजनका लागि गरिएको बुक क्लोजमा शेयरमूल्य समायोजन गरेपछि लगानीकर्ता भने अचम्मित भएका छन्  । केहिले नेप्सेले लापरबाही गरेको भन्दै सामाजिक संजालमा आक्रोश पोखेका  छन्।  

हाल कम्पनीको चुक्ता पुंजी  ६५ करोड ५० लाख रुपैयाँ रहेकोमा हकप्रद पश्चात कम्पनीको पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved