यी २ कारण जसले बढिरहेको छ एनआईसी एसियाको शेयर मूल्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 03, 2018 | 01:22:49 PM मा प्रकाशित

laxmi  sunrise bank

बिगत एक सातादेखि एनआईसी एसिया बैंकको शेयर मूल्य निरन्तर उकालो लागिरहेको छ। भदौको दोस्रो सातासम्म ३ सय १३ को हाराहारीमा रहेको बैंकको शेयर मूल्य आज सोमबार यो समाचार तयार पार्दा ३ सय ६२ रुपैयाँ पुगेको छ  । अर्थात् एकसाताको अन्तरमा बैंकको मूल्य ५० रुपैयाँ बढेको छ  । 

बैंकले केहि नयाँ घोषणा नगर्दा नै बैंकको मूल्य निरन्तर बढ्नुले आम लगानीकर्ताबीच चासो बढेको छ । आखिर किन बढिरहेको छ बैंकको शेयर मूल्य ? बैंकको शेयर मूल्य बढ्नुमा विभिन्न कारण रहेपनि मुख्यत २ कारणले बैंकको शेयर मूल्य उकालो लागिरहेको विश्लेषण गरिएको छ । 

गत महिना नेपाल लाइफ इन्स्योरेन्सको ४३ लाख ९५ हजार कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको थियो । साउन २५ गतेसम्म कायम रहेको संस्थापक सेयरधनी लगतका आधारमा समानुपातिक रुपमा सेयर परिवर्तन गरिएको थियो । शेयर रुपान्तरण भएपछि नेपाल लाइफका संस्थापकहरुले आफुसंग आएको साधारण शेयर बेचेर एनआईसीको शेयर उठाएको चर्चा चलेको छ ।  

बैंकको शेयर मूल्य बढेको दिन नेपाल लाइफ र एनआईसीको कारोबार रकम पनि बराबरी जस्तै हुनुले यसको पुष्टि गर्दछ  ।  नेपाल लाइफका संस्थापकहरुले बैंकको साधारण शेयर खरिद गर्दा बैंकको शेयर मूल्य बढेको आंकलन गरिएको हो । स्मरण रहोस नेपाल लाइफका संस्थापक र एनआईसीका संस्थापकहरुले एकै समुहका हुन् ।  


त्यस्तै बैंकमा बिदेशी साझेदार  भित्रिने चर्चाले पनि बैंकको शेयर मूल्य बढेको अनुमान गरिएको छ । संस्थागत लगानीकर्ताको माझमा अहिले बैंकले बिदेशी साझेदार भित्राउन लागेको चर्चा छ । तर बैंकको उच्च श्रोतले भने यसलाई अस्विकार गरेको छ ।

 बैंकले दिने बोनस भन्दा पनि बैंकको प्रगतिलाई हेरेर दीर्घकालीन रुपमा फाइदा उठाउने गरी बैंकमा लगानीकर्ताको आकर्षण बढेको शेयर विश्लेषकहरु बताउछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved