सुवेदीको पुंजीबजार संघले बैंकर्सलाई सोध्यो 'ब्रोकर सेवा कहिले दिने' ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 03, 2018 | 03:54:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुंजीबजार संघले बैंकर्स संघका पदाधिकारीलाई भेटी शेयरबजार विस्तार तथा सुधारको लागि ४ बुदे ज्ञापनपत्र बुझाएको छ। 

संघका अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गएको पुंजीबजार संघले सेयरधितो कर्जाको व्याजदर बढीमा १० प्रतिशत बनाउन , साना लगानीकर्तालाई पनि शेयर धितो कर्जा प्रवाह गर्न, ब्याजदरको अस्वस्थ प्रतिस्पर्धा बन्द गर्न माग गरेको हो । त्यस्तै संघले बैंकलाई दिइने भनेको ब्रोकर लाइसेन्सको बारेमा बैंकर्स संघको धारणा माग गरेको थियो । 


जवाफमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले बेस रेट घट्ना साथ ब्याज दर घट्ने भएकोले असोजसम्ममा ब्याजदर घट्ने बताए  । साथै ढुंगानाले ब्रोकर लाइसेन्सको लागि सबै बैंकले प्रक्रिया चलिरहेको र १० दिन भित्रमा देखिने गरी काम हुने बिश्वास दिलाए । त्यस्तै नबिल बैंकका सीईओ अनिल शाहले ब्रोकर सेवा दिनको लागि बैंकहरु जुनसुकै बिकल्पमा जान पनि तयार रहेको बताउदै सबै बैंकले लाइसेन्स लिने बताए । 

पुंजीबजार संघले आगामी दिनमा अर्थमन्त्रीलाई भेटेर पुजीबजारको वर्तमान अवस्थाको बारेमा ध्यानाकर्षण गराउने कार्यक्रम रहेको अध्यक्ष सुवेदीले जानकारी दिए। 

हाल शेयरबजारको लागि काम गर्नको लागि स्थापना भएका ६ वटा संघ रहेका छन् । जसमा अम्बिका पौडेलको नेतृत्वको नेपाल इन्भेस्टर फोरम, उत्तम अर्याल नेतृत्वको नेपाल सेयर लगानीकर्ता संघ, नवराज सुबेदी नेतृत्वको नेपाल पुजीबजार संघ, राधा पोखरेल नेतृत्वको नेपाल पूँजी बजार लगानीकर्ता संघ, कमल भारती महासचिव रहेको लगानीकर्ता हित संरक्षण मञ्च र प्रकाश रजौरिया नेतृत्वको संघ रहेको छ  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved