दोहोरो अंकले बढेको बजारमा नेपाल लाइफको कारोबार उच्च, कमाउनेमा लक्ष्मी बैंक अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 03, 2018 | 04:34:08 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्से सूचक १५.९८ अंकले बढेर १२०६.२६ को उचाईमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६९ कम्पनीको १८ लाख ९८ हजार ३ सय ५ कित्ता शेयर खरिद बिक्रिबाट ५४ करोड ६० लाख २१ हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक ११ करोड २८ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया बैंक, एनएमबी बैंक, नेपाल बैंक, कुमारी बैंक लगायत रहेका छन् ।

आज लक्ष्मी बैंकका लगानीकर्ताले सर्बाधिक ९.९६ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा काबेली विकास बैंक, ग्लोबल आईएमई लघुवित्त, युनाईटेड मोदी हाइड्रो, हाथवे फाइनान्स, युनिलिभर नेपाल लगायत रहेका छन् ।

आज ङादी ग्रुप पावरका लगानीकर्ता सर्बाधिक ७.९५ प्रतिशत कमाएका छन् । अन्य बढी गुमाउनेमा सिद्दार्थ इक्विटी ओरियन्टेड स्किम, ग्लोबल आईएमई सम्मुनत स्किम १ ,   तिनाउ विकास बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका होटेल्स र अन्य बाहेकका सबै समुहगत सूचक बढेका छन् ।

यस दिन नेपाल लाइफ इन्स्योरेन्सको सर्बाधिक १ लाख २७ हजार १ सय ८३ कित्ता शेयर खरिद बिक्रि भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved