पहिलो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Sep 04, 2018 | 08:26:26 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम कस्मिक

बाणिज्य बैंकहरुले भर्खरै मात्र गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन। बैंकहरुले यस आर्थिक बर्षदेखि नेपाल फाइनान्सियल रिपोटिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार वित्तीय विवरण सार्वजनिक गरेकाले उनीहरुको वित्तीय विवरणमा केहि अन्यौलता देखिएको छ। 

यद्दपी बैंकहरुले एनएफआरएस वित्तीय विवरण सार्वजनिक गरेपनि नेपाल राष्ट्र बैंकले पुरानो व्यवस्था अनुसार नै खुद मुनाफाबाट छुट्याउनु पर्ने बिभिन्न शिर्षकको प्रोभिजन रकम राखेर बाँकी रहेको मुनाफाबाट मात्र शेयरधनिहरुलाई प्रतिफल दिन पाइने भनेको छ। यसले पनि लगानीकर्तालाई बैंकहरुले गत आर्थिक बर्षको कमाईबाट के कति प्रतिफल दिन्छन भन्ने आंकलन गर्न सहज भएको छ। 

बिजपाटी डटकमले पनि बैकहरुले गत आर्थिक बर्षको कमाई तथा रिजर्भबाट दिन सक्ने लाभांश (नगद र बोनस) बारे प्रक्षेपण रिपोर्ट सार्वजनिक गरेर लगानीकर्तालाई प्रक्षेपण गर्न सहज बनाउने प्रयास गरेको छ। 

यस आर्थिक बर्षको पहिलो त्रैमासमा पनि बैंकहरुले एनएफआरएस अन्तर्गत वित्तीय विवरण सार्वजनिक गर्ने भएकाले उनीहरुको मुनाफा के कति हुन्छ भनेर ठ्याक्कै अनुमान लगाउन सकिने अवस्था छैन। तथापि, बिजपाटी डटकमले बैंकहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा कति कमाई गर्छन भन्ने प्रक्षेपण गरेको छ। 

बिजपाटी डटकमले बैंकहरुको कारोबारलाई आधार मानेर यस आर्थिक बर्षको पहिलो त्रैमासमा प्रस्तुत गर्न सक्ने सम्भावित प्रगति विवरणलाई प्रस्तुत गर्ने जमर्को गरेको छ। असोज मसान्तसम्म बैंकहरुको (निक्षेपमा दिने र कर्जामा लिने ब्याज अन्तर)  स्प्रेड रेटमा ठुलो अन्तर नआउने आंकलन र अनुमानका आधारमा पहिलो त्रैमासको कमाई प्रक्षेपण गरिएको हो। त्यस्तै नेपाल क्रेडिट एण्ड कमर्श, एनसीसी बैंकको हकप्रद बिक्रि तथा वितरण पछि हुन आउने चुक्ता पुंजीलाई समायोजन गरेपश्चातको प्रति शेयर आम्दानी गणना गरिएको छ।   


२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved