लगातार दोस्रो दिन आधा अर्ब बढीको कारोबार, कमाउनेमा काबेली विकास बैंक अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 04, 2018 | 04:31:50 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको तेस्रो दिन मंगलबार बजार परिसूचक नेप्से बढेको छ   आज सूचक ३.९८ अंकले बढेर १२१०.२४ को बिन्दुमा पुगेर रोकिएको छ    आज कारोबारमा आएका १७२ कम्पनीका १७ लाख ७५ हजार २२ कित्ता शेयर खरिद बिक्रि बाट ५२ करोड ७५ लाख ३३ हजार ८ सय ४७ रुपैयाँको कारोबार भएको छ   नेप्सेमा लामो समयपछि लगातार २ दिन आधा अर्ब भन्दा माथिको कारोबार भएको हो   

आज नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयरको सबै भन्दा धेरै १० करोड १८ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया, नेपाल लाइफ इन्स्योरेन्स, लक्ष्मी बैंक, एनएमबी बैंक लगायत रहेका छन्  । 

आज काबेली विकास बैंकका लगानीकर्ताले सर्बाधिक ९.२६ प्रतिशत कमाएका छन्  ।  अन्य बढी कमाउनेमा एभरेस्ट बैंक कन्भर्टीबल शेयर,  एनआईसी एसिया बैंक, लक्ष्मी बैंक, सिभिल बैंक लगायत रहेका छन्  । 

आज अरुण काबेलीका लगानीकर्ताले सर्बाधिक ३.९८ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा गुर्खाज फाइनान्स, सेन्ट्रल फाइनान्स, हाथवे फाइनान्स लगायत रहेका छन्  । 





 । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved