कालिका पावरले भदौ २८ गते देखि आईपिओ निष्काशन गर्ने, यसैबर्ष देखि बोनस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 07:58:29 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका पावर कम्पनी लिमिटेडले सर्बसाधारणलाई भदौ २८ गते देखि अईपिओ निष्काशन गर्ने भएको छ ।    यस अघि स्थानीयलाई शेयर निष्काशन गरिसकेको कालिकाले सर्वसाधारणलाई १२ लाख कित्ता आईपिओ निष्काशन गर्न लागेको हो ।  

१२ लाख कित्ता मध्ये २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ    । लगानीकर्ताले छिटोमा असोज १ गतेसम्म र ढिलोमा असोज २८ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  ।  आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम अधिकतम ६ हजा कित्ताको लागि आवेदन दिनु पर्ने छ  । 

कम्पनीको अईपियोलाई इकरा नेपालले ग्रेड फोर को रेटिंग प्रदान गरेको छ  । यसले कम्पनीको आधारहरु औशत भन्दा तल रहेको दर्शाउछ  । 

 शेयर निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट र ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् । अईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ६० करोड पुग्ने छ  । कम्पनीले आफ्नो विवरण पत्रमा आर्थिक बर्ष ७५/७६ देखि नै शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले यस बर्ष ३ करोड बराबरको बोनस शेयर दिने प्रक्षेपण आफ्नो विवरण पत्रमा गरेको छ, जुन ५ प्रतिशत हो ।  


यस अघि कम्पनीले आयोजना प्रभावित गोरखाका स्थानीय बासिन्दालाई जारि पुंजीको १० प्रतिशत अर्थात ६ लाख कित्ता शेयर निष्काशन गरी सकेको छ ।  कम्पनीले गोरखामा ६ मेगावाटको दरौंदी 'ए' परियोजना संचालन गरिरहेको छ। 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved