कुमारीको नगद लाभांश लिन गएनन् शेयरधनी, बैंक मै थन्कियो ६९ लाख २६ हजार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 11:43:37 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले नगद लाभांश लिन बाँकि रहेका सम्पूर्ण शेयरधनीहरुलाई लाभांश लिनको लागि अनुरोध गरेको छ  ।  नगद लाभांश पारित भई वितरण भएको ५ बर्ष हुँदासम्म पनि लगानीकर्ताहरु नगद लाभांश लिन नआएकोले आफ्नो लाभांश लिन बैंकले अनुरोध गरेको हो  । 

हाल कुमारी बैंकको र यसले गाभेका बैंकहरु (काष्ठमण्डप डेभलपमेन्ट बैंक, काक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक, र पश्चिमान्चल विकास बैंक) को गरी ६९ लाख २६ हजार ९ सय ५२ नगद लाभांश भुक्तानी लगानीकर्ताले लिन बाँकि रहेको बैंकले जनाएको छ  । भुक्तानी पुर्जा लिई नगद लाभांश लिनको लागि बैंकले आग्रह गरेको हो  । साथै बैंकले नगद लाभांश लिन बाँकि शेयरधनीको नाम आफ्नो वेबसाइटमा प्रकशित गरेको पनि जनाएको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved