दोहोरो अंकले बढेको बजारमा कुमारीको कारोबार उच्च, कमाउनेमा काबेली विकास बैंक अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 05, 2018 | 05:04:57 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको चौथो दिन आज बुधबार बजार परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक २३.८९ अंकले बढेर १२३४.१३ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ६७ कम्पनीका २३ लाख ८१ हजार ६ सय ५० कित्ता शेयर खरिद बिक्रिबाट ७१ करोड २० लाख १६ हजार ३ सय ६ रुपैयाँको कारोबार भएको छ । 

आज कुमारी बैंकको सबै भन्दा धेरै ४ करोड ९० लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनएमबि बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायत रहेका छन् ।

 आज काबेली विकास बैंकका लगानीकर्ताले ९.७५ प्रतिशत तथा हिमालय पावर पार्टनरका लगानीकर्ताले ९.७२ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा एनएमबी माइक्रोफाइनान्स, कुमारी बैंक लिमिटेड, रैरांग हाइड्रो लगायत रहेका छन् । 

आज युनिलिभर नेपालका लगानीकर्ताले सर्बाधिक ३.९५ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंक, बिशाल बजार कम्पनी, ग्लोबल आईएमई सम्मुनति स्किम १, गुर्खाज फाइनान्स लगायत रहेका छन् । 

आज कुमारी बैंकको सर्बाधिक २ लाख १४ हजार ७ सय ३० कित्ता शेयर खरिद बिक्रि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved