राष्ट्र बैंकले सुनेन लगानीकर्ताको माग, शेयर कर्जाको जोखिमबारे पुरानै धारणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 06, 2018 | 09:19:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले यस अघिका १६० व्यवस्थामा संसोधन तथा परिमार्जन गर्दै एकीकृत निर्देशन २०७५ जारि गरेको छ। राष्ट्र बैंकले जारि गरेको एकीकृत निर्देशनमा शेयर कर्जामा यस अघि भएको व्यवस्थामा भने कुनै परिवर्तन भएको छैन। 

सेयर धितो कर्जामा यस अघि कायम जोखिम भार (रिस्क वेट) १५० प्रतिशतलाई राष्ट्र बैंकले यथावत राखेको छ। यद्दपी नेपाल इन्भेष्टर्स फोरम लगायतका संघसंस्थाहरुले सेयर धितोमा प्रवाह गरिने कर्जाको जोखिम भारलाई १५० प्रतिशतबाट घटेर १०० तल ल्याउनुपर्ने माग गर्दै आएका छन। 

राष्ट्र बैंकले शेयर धितो कर्जाको जोखिम भारलाई यथावत राख्नुले शेयरमा गरिने लगानी नियामकको नजरमा जोखिमपूर्ण रहेको संदेश गएको छ। १५० प्रतिशतबाट १०० प्रतिशतमा जोखिम भार गराइएको हुन्थ्यो भने शेयर धितोमा दिने ऋणमा जोखिम कम छ भन्ने संदेश जान्थ्यो। 

नियामकले नै जोखिम बढी छ भन्दा शेयरधितोमा जारि गरिने ऋणको ब्याजदर अन्यको भन्दा केहि हुन्छ। जोखिम भार जति बढी भयो त्यति नै बढी ब्याजदर कायम हुने गर्छ। 

अर्को तर्फ जोखिम भार १५० प्रतिशत हुँदा बैंक वित्तीय संस्थाहरुको क्यापिटल कन्जुम्सन समेत बढी हुनेगर्छ। जस कारण बैंक वित्तीय संस्थाहरुले शेयर धितो कर्जामा लिने ब्याजको दर बढी राख्नुपर्ने हुन्छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved