सूचक घटेपनि कारोबार रकम उच्च, कावेली विकास बैंकका लगानीकर्ताले सर्बाधिक कमाए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 06, 2018 | 05:35:21 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको अन्तिम दिन आज बिहिबार बजार परिसूचक नेप्से घटेको छ। आज नेप्से सूचक ४.३६ अंकले घटेर १२२९.७७ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ७४ कम्पनीका ३२ लाख ३९ हजार ९ सय ८५ कित्ता शेयर खरिद बिक्रिबाट ७९ करोड ७३ लाख १९ हजार ७ सय १९ रुपैयाँको कारोबार भएको छ  ।

आज एमेम्बी बैंकको सबै भन्दा धेरै १० करोड ३४ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा एशियन लाइफ इन्स्योरेन्स, कुमारी बैंक, प्राइम कमर्शियल बैंक, ग्लोबल आईएमई बैंक संस्थापक शेयर लगायत रहेका छन्  ।

आज पनि काबेली विकास बैंकका लगानीकर्ताले सर्बाधिक ९.६५ प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा विजय लघुवित्त, साल्ट ट्रेडिङ, प्रोग्रेशिभ फाइनान्स लगायत रहेका छन्  । 

आज मल्टीपर्पोज फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.२५ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा ङादी हाइड्रो, युनाइटेड इन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रो लगायत रहेका छन्  ।

आज कारोबारमा आएका ट्रेडिङ, उत्पादन र अन्य बाहेकका सबै सूचक घटेका छन्  ।

आज एनएमबी बैंकको सर्बाधिक ३ लाख ८ हजार १ सय ४३ कित्ता शेयर खरिद बिक्रि भएका छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved