जानकी फाइनान्सले गर्यो लाभांश घोषणा, कति दिने भयो बोनस ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 12:06:21 PM मा प्रकाशित

laxmi  sunrise bank

जानकी फाइनान्स कम्पनीले गत आर्थिक बर्षबाट दिने लाभांश घोषणा गरेको छ। फाइनान्सको भदौ २१ मा बसेको २६१ औं संचालक समितिको बैठकले शेयरधनिहरुलाई गत आर्थिक बर्षको मुनाफाबाट २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १।१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको नेप्से मार्फत जनाइएको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले अनुमोदन गरेपश्चात शेयरधनिहरुमा लाभांश वितरण हुनेछ। २२ प्रतिशत बोनस सेयर बितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ४९ करोड २१ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ४० करोड ३३ लाख छ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved