दोहोरो अंकले घटेको बजारमा यी हुन् सर्बाधिक कमाउने ५ कम्पनी, एनआईसीको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 09, 2018 | 03:23:18 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको पहिलो दिन आज आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।  आज नेप्से सूचक १०.७९ अंकले घटेर १२१८.९८ को बिन्दुमा रोकिएको छ । आज कारोबारमा आएका १ सय ६६ कम्पनीका १२ लाख ७२ हजार १ सय ८ कित्ता शेयर खरिद बिक्रिबाट ३२ करोड ७० लाख २५ हजार ७ सय ४१ रुपैयाँको कारोबार भएको छ । 

आज एनआईसी एसिया बैंकको सर्बाधिक २ करोड ५३ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनएमबी बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, सेन्चुरी बैंक संस्थापक शेयर लगायत रहेका छन् । 

आज कारोबारमा आएका सबै समुहगत सूचक घटेका छन् । 

आज जानकी फाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.६० प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा काबेली विकास बैंक (४.९३ %) , सुर्योदय लघुवित्त (४.६९ %) , ग्लोबल आईएमई सम्मुनत स्किम १ (४ %), श्री राम सुगर मिल्स लिमिटेड(३.२३ %) लगायत रहेका छन् । 

आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ९.३५ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा हिमालय पावर पार्टनर, विजय लघुवित्त, कालिका माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक लगायत रहेका छन्। 

आज कुमारी बैंकको सर्बाधिक ८३ हजार ३ सय ९४ कित्ता शेयर खरिद बिक्रि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved