हकप्रदले समेत पाउने गरी समता माइक्रोफाइनान्सको लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 10:32:35 AM मा प्रकाशित

laxmi  sunrise bank

समता माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ  । कम्पनीको भदौ २४ गते आइतबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र सम्पूर्ण कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  ।

कम्पनीले केहि समय अगाडी मात्र ५० प्रतिशत हकप्रद बिक्रि गरेको थियो । हकप्रदपछि कम्पनीको चुक्ता पुंजी ५ करोड ६८ लाख पुगेको छ। प्रस्तावित १० प्रतिशत बोनसपछि कम्पनीको पुंजी ६ करोड २४ लाख पुग्ने छ ।  





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved