दुईवटै बोटलर्स नेपाल कम्पनीको लाभांश घोषणा, कसको कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 01:12:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेप्सेमा सुचिकृत दुईवटै बोटलर्स नेपाल कम्पनीले लाभांश घोषणा गरेका छन् ।  बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले नगद लाभांश घोषणा गरेका हुन् । 

जस अनुसार बोटलर्स नेपाल लिमिटेडले २० प्रतिशत नगद लाभांश तथा बोटलर्स नेपाल तराई लिमिटेडले ४० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । दुवै कम्पनीको संचालक समितिको बैठकले नगद लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले लाभांश पाउने छन् । 

 बोटलर्स नेपाल लिमिटेडको चुक्ता पुंजी १९ करोड ४८ लाख रहेको छ भने बोटलर्स नेपाल तराई लिमिटेडको पुंजी  १२ करोड १० लाख रहेको छ ।   बोटलर्स नेपालले असोज १५ गते तथा तराइले १६ गते साधारणसभा आह्वान गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved