घटेको बजारमा २७ करोडको कारोबार, ६ लघुवित्तले सर्बाधिक कमाए

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 10, 2018 | 04:44:14 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको दोस्रो दिन बजार परिसूचक नेप्से घटेको छ  आज नेप्से सूचक ८.१० अंकले घटेर १२१०.८८ को बिन्दुमा रोकिएको छ  आज कारोबारमा आएका १६२ कम्पनीका ११ लाख ५९ हजार ७ सय ७२ कित्ता शेयर खरिद बिक्रिबाट २७ करोड ७५ लाख २१ हजार ९ सय ६७ रुपैयाँको कारोबार भएको छ  

आज हाथवे फाइनान्सको संस्थापक शेयरको सबै भन्दा धेरै २ करोड ९८ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक, एनएमबी बैंक लगायत रहेका छन् । आज सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.६३ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा आरम्भ माइक्रोफाइनान्स (८.०८ %), मेरो माइक्रोफाइनान्स (७.८७  %), फरवार्ड माइक्रो फाइनान्स (५.७० %), स्वदेशी लघुवित्त (३.९९ %), नेरुदी लघुवित्त (३.९९ %) रहेका छन् । 

आज ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ९.५२ प्रतिशत गुमाएका छन्  अन्य बढी गुमाउनेमा श्रीजना फाइनान्स, सिद्दार्थ इन्स्योरेन्स, शप्तकोशी डेभलपमेन्ट बैंक, सहयोगी विकास बैंक, ज्योति विकास बैंक लगायत रहेका छन्  

आज कारोबारमा आएका उत्पादन र माइक्रोफाइनान्स बाहेकका सबै सूचक घटेका छन्  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved