गरिमा विकास बैंकको लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 10:53:29 AM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५३ करोड ४८ लाख ७९ हजार ९ सय ९७ रुपैयाँ रहेकोमा प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुंजी २ अर्ब ७८ करोड ८३ लाख पुग्ने छ ।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved