बोटलर्स नेपालको नयाँ प्लान्टमा स्ट्यान्डर्ड चार्टडको पौने ३ अर्ब ऋण, लाभांश कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 12:02:43 PM मा प्रकाशित

laxmi  sunrise bank

स्ट्यान्डर्ड चार्टड बैंकले कोकाकोलाको नयाँ प्लान्ट निर्माण गर्न २ अर्ब ८५ करोड रुपैयाँ ऋण दिने भएको छ। बोटलर्स नेपाल (तराई) मा नयाँ प्लान्ट निर्माणका लागि उक्त रकम बराबरको ऋण लिने सैदान्तिक सहमति संचालक समितिबाट पारित भईसकेको जनाइएको छ। 

संचालक समितिको उक्त प्रस्ताब बोटलर्स नेपाल तराइको असोज १६ मा होटल -याडिसन मा हुने ३२ औं बार्षिक साधारण सभाले अनुमोदन गर्नेछ। बोटलर्स नेपाल(तराई)ले भरतपुर चीतवनबाट कोकाकोला उत्पादन गर्दै आएको छ । कम्पनीले प्लाष्टिकको बोटलको उत्पादन क्षमता बढाउन ऋण लिन लागेको हो।

बोटलर्स नेपाल तराईको ४० प्रतिशत नगद लाभांश 

उक्त साधारणसभाले बोटलर्स नेपाल तराईले प्रस्ताब गरेको ४० प्रतिशत नगद लाभांश पारित समेत गर्नेछ। साधारणसभा प्रयोजनका लागि बोटलर्स नेपाल तराईले असोज २ देखि असोज १६ गतेसम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुकक्लाेजको अघिल्लाे दिनसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन्। बोर्टलर्स नेपाल तराईले अघिल्लो बर्ष २५ प्रतिशत नगद लाभांश बाँडेको थियाे।

त्यसैगरि अन्य प्रस्तावहरुमा लाभांश प्रस्ताव पारित गर्ने, सर्वसाधारणको तर्फबाट एक जना सञ्चालकको निर्वाचन सम्बन्धमा छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ का लागि लेखा परिक्षकको नियुक्ती गरी निजको पारिश्रमिक तोक्ने लगायतका रहेका छन्।

बोटलर्स नेपाल बालाजुको २० प्रतिशत नगद लाभांश

बोटलर्स नेपाल बालाजुले असोज १५ गतेको चालिसौँ बार्षिक साधारणसभामा २० प्रतिशत नगद लाभांस प्रस्ताब लैजाने भएको छ। साधारणसभा प्रयोजनका लागि बोटलर्स नेपाल बालाजुले असोज १ देखि १५ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको । बुकक्लाेजको अघिल्लाे दिनसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।  


       








Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved