बढेको बजारमा किसान माइक्रोफाइनान्सले सर्बाधिक कमाए, राष्ट्रिय बिमाका लगानीकर्ता जिल्ल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 04:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको तेस्रो दिन आज मंगलबार बजार परिसूचक नेप्से बढेको छ  । आज नेप्से सूचक ६.७७ अंकले बढेर १२१७.६५ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा १ सय ६७ कम्पनीका १० लाक्ज ९७ हजार ९ सय ११ कित्ता शेयर खरिद बिक्रिबाट ३३ करोड ३२ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ  । 

आज एनआईसी एसिया बैंकको सबैभन्दा धेरै २ करोड ७४ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा कुमारी बैंक , एनएमबी बैंक, राष्ट्रिय बिमा कम्पनी संस्थापक शेयर, देव विकास बैंक लगायत रहेका छन्। 

आज किसान माइक्रो फाइनान्सका लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन्।  कम्पनीले घोषणा गरेको २९ प्रतिशत बोनसमा लगानीकर्ता आकर्षित भएका हुन्। अन्य बढी कमाउनेमा सुर्योदय लघुवित्त, उन्नति माइक्रोफाइनान्स, मिथिला लघुवित्त, आईसीएफसी फाइनान्स लगायत रहेका छन्  । 

आज राष्ट्रिय बिमा कम्पनीको संस्थापक शेयरको मूल्य ७.८५ प्रतिशत र साधारण शेयरको मूल्य ७.२५ प्रतिशत घटेको छ  । पहिले कम्पनीले १२० प्रतिशत लाभांश घोषणा गरेकोमा आज कम्पनीले बिना लाभांश प्रस्ताव सहित साधारणसभा डाकेपछि कम्पनीको शेयर मूल्य ओरालो लागेको हो । 

अन्य बढी गुमाउनेमा नेपाल हाइड्रो डेभलपर, सेन्ट्रल फाइनान्स, आरम्भ माइक्रो फाइनान्स लगायत रहेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved