राष्ट्रिय बीमा कम्पनीको ५ बर्षको लेखा एकै पटक, किन दिन सकेन १२०% लाभांश ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 11, 2018 | 10:28:34 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनीले ५ आर्थिक बर्षको वित्तीय विवरण स्वीकृत गर्ने गरि असोज १९ गते बार्षिक साधारणसभा डाकेको छ। ३० औं साधारणसभाबाट बोनस सेयर दिने तयारि भएको भनीएपनि हालको साधारणसभामा बोनस सेयर प्रस्ताब लगिएको छैन।

बोनस सेयर प्रस्ताब बिना नै साधारणसभा गरिने भएपछी कम्पनीले सेयरधनीहरुलाई झुक्याएको आम लगानीकर्ताले गुनासो गरेका छन। घोषणा भैसकेको १२० प्रतिशत बोनस सेयरको प्रस्ताब साधारणसभामा नलैजादा शेयरधनीहरुले कम्पनीको नियतमा शंका गरेका छन।  

यद्दपी बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले बोनस सेयरको सम्बन्धमा कुनै निर्देशन नदिइएको बताए। कम्पनीको २०६८-६९ को वित्तीय विवरणमा त्रुटी देखिएकाले त्यसलाई सच्याउन निर्देशन दिईएको उनले बताए।  

कम्पनीको असोज १९ मा बस्ने साधारणसभाले एकै पटक पाँच आर्थिक बर्ष २०६३/६४, २०६४/६५, २०६५/६६, २०६६/६७ र २०६७/६८ को वित्तीय विवरण पारित गर्ने छ। साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज ५ देखि १९ सम्मका लागि बुक क्लोज गर्ने निर्णय समेत गरेको छ। असोज १८ सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा भाग लिन पाउनेछन।

यस अवधिमा कम्पनीको चुक्तापुंजी २६ करोड ६६ लाख छ। बीमा समितिले तोकेको चुक्ता पुंजी १ अर्ब पुर्याउन कम्पनीले ७३ करोड ३४ लाख थप गर्नुपर्ने हुन्छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved