23 Sep, 2018 | ७ आश्विन २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

एनआईसी एसियाको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

Posted on:September 12, 2018

citizen bank

एनआईसी एसिया बैंकले निष्काशन गरेको  'एनआईसी एसिया ऋणपत्र २०८२-८३' मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले भदौ ११ गतेदेखि  ऋणपत्र निष्काशनको बिक्रि खुला गरेको थियो । बैंकले १००० अंकित दरका १८ लाख ३० हजार कित्ताले हुन आउने १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।  १ अर्ब ८३ करोडको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात १ अर्ब ४६ करोड ४० लाख व्यक्तिगत र २० प्रतिशत अर्थात ३६ करोड ६० लाख सर्वसाधारणका लागि रहेको छ। 

 बैंकले उक्त ऋणपत्र निष्काशनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्रि प्रबन्धकका रुपमा नियुक्त गरेको छ। ऋणपत्रमा सर्वसाधारणबाट माग गरे भन्दा बढी आवेदन परेकोले बिक्रि बन्द गर्न लागेको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ । ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन भएको हो  । 

इच्छुक लगानीकर्ताले बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, एनआईसी एसिया बैंकको सम्पूर्ण शाखा कार्यालयहरु र आश्वाबाट समेत आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्युनतम २५ कित्ता र अधिकतम १ लाख ८३ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

बैंकले यस अघि जारी गरेको ९ प्रतिशत वार्षिक व्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भईसकेको छ। 

Share your thoughts!

Loading...

Trending