बिक्रि नै हुन् बाँकि रहेको हकप्रदले समत पाउने गरी स्वदेशी लघुवित्तको लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 11:20:08 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको तयारीमा रहेको स्वदेशी लघुवित्तले नगद लाभांश मात्र वितरण गर्ने भएको छ  । कम्पनीको भदौ २६ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

बैठकले शतप्रतिशत हकप्रद निष्काशन पश्चात कायम हुने चुक्ता पुंजीको १० प्रतिशतका दरले २ करोड ३० लाख बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो  । साथै कर प्रयोजनको लागि १२ लाख १० हजार ५ सय २६ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो  । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट बैंकले अनुमति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ  । 

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेकोमा शत प्रतिशत हकप्रदपछि चुक्ता पुंजी २३ करोड पुग्ने छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनार्थ भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ २४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । कम्पनीले हकप्रद निष्काशन मिति भने तोकेको छैन । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved