बुद्ध भूमी हाइड्रोपावरले आईपिओ निष्काशन गर्ने, बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 05:24:29 PM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध भूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ  । कम्पनीले सर्वसाधारणका लागि रु.१००।– अंकित दरका १२ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो  । १२ लाख कित्ता मध्ये ४ लाख कित्ता आयोजना प्रभावित स्थानीयको लागि छुट्याइएको छ  ।


आईपिओ निष्काशनको लागि कम्पनीले सिभिल क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । सम्झौतामा बुद्धभूमीका तर्फबाट प्रवन्ध संचालक बलराम खतिवडा र सिभिल क्यापिटलका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले हस्ताक्षर गरेका हुन् । हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रहेको छ र उक्त शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ४० करोड कायम हुनेछ भने संस्थापक शेयर स्वामित्व ७० प्रतिशत र सर्वसाधारणको शेयर स्वामित्व ३० प्रतिशत रहने छ ।


 ५ मेगावाट क्षमताको उक्त आयोजना नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका समुन्द्रटार स्थित ताँदी खोलामा रहेको  छ  । हालसम्म आयोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved