एनआईसी एसियाको ऋणपत्रमा कति पर्यो आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 06:57:07 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एसिया बैंकले निष्काशन गरेको  'एनआईसी एसिया ऋणपत्र २०८२-८३' मा माग गरिए भन्दा डेढ गुणा बढीको आवेदन परेको छ । बैंकले भदौ ११ गतेदेखि  ऋणपत्र निष्काशनको बिक्रि खुला गरेको थियो । बैंकले १००० अंकित दरका १८ लाख ३० हजार कित्ताले हुन आउने १ अर्ब ८३ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको हो ।  १ अर्ब ८३ करोडको ऋणपत्र मध्ये ८० प्रतिशत अर्थात १ अर्ब ४६ करोड ४० लाख व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवर र २० प्रतिशत अर्थात ३६ करोड ६० लाख सर्वसाधारणका लागि रहेको थियो । 

व्यक्तिगत तवरतर्फ करीब रु. २ अर्ब १६ करोड  र  सर्वसाधारण तर्फ रु. ४४ करोड को आवेदन परेको बैंकले जनाएको छ ।  दुवै तर्फ गरी कुल करीब रु. २ अर्ब ६० करोडको आवेदन परेको बैंकले जानकारी दिएको हो, यो कुल निष्काशनको डेड गुणा बढी हो । 

ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन भएको हो  । बैंकले यस अघि जारी गरेको ९ प्रतिशत वार्षिक व्याज भएको ३० लाख कित्ता (कुल रकम ३ अर्ब) ऋणपत्र सम्पूर्ण रुपमा आवेदन प्राप्त भई नेपाल स्टक एक्सचेन्जमा सुचिकृत भईसकेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved