राष्ट्रिय बिमा कम्पनीमाथि छानविन गर्न शेयर लगानीकर्ता संघको माग

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 12, 2018 | 07:23:22 PM मा प्रकाशित

laxmi  sunrise bank

शेयर लगानीकर्ता संघ नेपालले राष्ट्रिय बिमा कम्पनीले साधारणसभा घोषणा गर्ने क्रममा सूचना चुहावट गरेको भन्दै छानविनको माग गरेको छ ।  मंगलबार साधारणसभाको सूचना सार्बजनिक गर्ने क्रममा कम्पनीले नेप्सेलाई भन्दा अन्य मिडियालाई पहिले सूचना दिएर नियम उल्लघन गरेको आरोप संघले लगाएको छ । 

साथै संघले यस बिषयमा छानविन गरी यथार्थ कुरा सर्वसाधारण र आम सरोकारवाला पक्षलाई सुसूचित गर्ने नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेको छ ।  कम्पनीले शेयर मूल्यमा प्रत्यक्ष असर पार्ने सूचना पहिले नेप्सेलाई उपलब्ध नगराएर अन्य सार्बजनिक मिडियामा दिएको भन्दै सो को छानविन गर्न आग्रह गरेको हो । 

नेप्सेले सुचना जारि गर्ने प्रक्रिया प्रति पनि संघले अशन्तुष्टी जनाएको छ । साथै कम्पनीको सुचना कम्तिमा ३ दिन नेप्सेको नोटिस बोर्डमा देखिने गरी राख्न संघले आग्रह गरेको छ । 

मंगलबार कम्पनीले साधारणसभाको सुचना जारि गरेको छ । कम्पनीले यस अगाडी १२० प्रतिशत बोनस दिने बताए पनि बोनस प्रस्ताव नराखी कम्पनीले साधारणसभा डाकेपछि कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । 

यस्तो छ संघको बिज्ञप्ति : 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved