चुक्ता पुँजी ३ अर्ब नाघ्ने गरी मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 10:39:41 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ  बैंकको भदौ २७ गते बसेको संचालक समितिको बैठकले शेयर लाभांश र नगद लाभांश गरी कुल १९.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो  

बैठकले १८.२५ प्रतिशतका दरले हुन् आउने ४९ करोड ७८ लाख ९१ हजार ३ सय ७५ रुपैयाँ बराबरको शेयर लाभांश र कर वापत ०.९६ प्रतिशतले हुन् आउने २ करोड ४८ लाख ९४ हजार ५ सय ६९ रुपैयाँ बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । हाल बैंकको चुक्ता पुंजी २ अर्ब ५९ करोड १७ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ३ अर्ब ६ करोड ४७ लाख पुग्ने छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved