दोहोरो अंकले बढेको बजारमा एनएमबी बैंकको कारोबार उच्च, कमाउनेमा नेपाल सेवा अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 03:26:05 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज नेप्से सूचक १४.१३ अंकले बढेर १२४४.८४ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १ सय ७३ कम्पनीका २७ लाख ११ हजार १ सय १० कित्ता शेयर खरिद बिक्रिबाट ७२ करोड ९८ लाख ५ हजार ५ सय ४५ रुपैयाँको कारोबार भएको छ । 

आज एनएमबि बैंकको सबै भन्दा धेरै ५ करोड ९४ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया , प्रभु बैंक, प्राइम बैंक, जनता बैंक , मेगा बैंक लगायत रहेका छन् । 

आज दुवै बिमा समुह र माइक्रोफाइनान्स समुहका सूचक बाहेक अन्य सबै समुहगत सूचक बढेका छन् ।

आज नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९.७७ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा तिनाउ विकास बैंक, मेगा बैंक, सेन्चुरी बैंक, एनसीसी बैंक, प्रभु बैंक लगायत रहेका छन् ।  

आज भार्गव विकास बैंकका लगानीकर्ताले सर्बाधिक ४.५४ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा लक्ष्मी लघुवित्त, हिमालय पावर पार्टनर, युनाईटेड मोदी हाइड्रो, सिनर्जी पावर लगायत रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved