पहिलो दिन मै बिक्यो कालिका पावरको आईपिओ, कति पर्यो आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2018 | 10:46:34 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका पावर कम्पनी लिमिटेडले बिहिबारदेखि निष्काशन गरेको आईपियोमा पहिलो दिन माग भन्दा बढीको आवेदन परेको छ । कम्पनीले सर्बसाधारणलाई १२ लाख कित्ता आईपिओ निष्काशन खुला गरेको हो ।  १२ लाख कित्ता मध्ये २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ    । लगानीकर्ताले असोज १ गतेसम्म आईपिओमा आवेदन दिन सक्ने छन्  ।  आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम अधिकतम ६ हजा कित्ताको लागि आवेदन दिनु पर्ने छ । 

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले दिएको जानकारी अनुसार पहिलो दिन २९ हजार २ सय ८८ जना आवेदकबाट २० लाख ७३ हजारको कित्ताको लागि आवेदन परेको छ  । यो माग गरिए भन्दा १.७२ गुणा बढीको आवेदन हो ।

कम्पनीको अईपिओलाई इकरा नेपालले ग्रेड फोर को रेटिंग प्रदान गरेको छ  । यसले कम्पनीको आधारहरु औशत भन्दा तल रहेको दर्शाउछ  । 

 शेयर निष्काशनको लागि काठमाडौँ क्यापिटल मार्केट र ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेका छन् । अईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ६० करोड पुग्ने छ  । कम्पनीले आफ्नो विवरण पत्रमा आर्थिक बर्ष ७५/७६ देखि नै शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले यस बर्ष ३ करोड बराबरको बोनस शेयर दिने प्रक्षेपण आफ्नो विवरण पत्रमा गरेको छ, जुन ५ प्रतिशत हो ।  


यस अघि कम्पनीले आयोजना प्रभावित गोरखाका स्थानीय बासिन्दालाई जारि पुंजीको १० प्रतिशत अर्थात ६ लाख कित्ता शेयर निष्काशन गरी सकेको छ ।  कम्पनीले गोरखामा ६ मेगावाटको दरौंदी 'ए' परियोजना संचालन गरिरहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved