नयाँ नेपाल लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 10:17:05 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ नेपाल लघुवित्तको हकप्रद भर्ने आज भदौ ३१ गते अन्तिम दिन रहेको छ  । कम्पनीले साउन २७ गतेदेखि  १:२.५ को अनुपातमा २ सय ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो  ।   लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो  ।

हकप्रद निष्काशनको प्रयोजनार्थ कम्पनीले श्रावण ७ गते एक दिनको लागि सेयर धनी दर्ता किताब बन्द गरेको थियो  । साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  ।  

कम्पनीको हकप्रदले इक्रा नेपालबाट ग्रेड ५ को रेटिङ पाएको छ जसले कम्पनीको अवस्था कमजोर रहेको जनाउँछ ।

 हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved