सुर्योदय लघुवित्तले ४५ प्रतिशत लाभांश दिने, बोनस कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 10:44:26 AM मा प्रकाशित

laxmi  sunrise bank

सुर्योदय लघुवित्तले लाभांश घोषणा गरेको छ  । कम्पनीको आज आइतबार बिहान बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ४५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  

कम्पनीले हाल कायम चुक्ता पुंजीको ४२.७५ प्रतिशत बोनस शेयर र २.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो  । कम्पनीले  ४२.७५  प्रतिशतले हुन् आउने ३ करोड २३ लाख १९ हजार बराबरको बोनस शेयर र २.२५ प्रतिशतले हुन् आउने १७ लाख १ हजार बराबरको नगद लाबहंश वितरण गर्ने प्रस्ताव गरे हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

हाल कम्पनीको चुक्ता पुंजी ७ करोड ५६ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि चुक्ता पुंजी १० करोड ७९ लाख पुग्ने छ


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved