युनिलिभरलाई २४ घण्टे स्पष्टीकरण, कारोबार स्थगित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 10:59:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले युनिलिभर नेपाल लिमिटेडलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ  कम्पनीले नगद लाभांश सम्बन्धि सुचना ढिलो गरी नेप्सेलाई जानकारी गराएकोले यस बिषयमा स्पष्टीकरण सोधेको हो 

कम्पनीको भदौ १२ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ७ सय प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । तर कम्पनीले त्यसको जानकारी भदौ २८ गते मात्र नेप्सेलाई जानकारी गराएको थियो । 

बजार मूल्यलाई प्रभाव पार्ने सूचना हरु तत्काल निर्णय हुना साथ नेप्सेलाई जानकारी गराउनु पर्ने प्रावधान छ । कम्पनीले यस नियमको उल्लघन गरेपछि नेप्सेले युनिलिभरको धारणा माग्दै कम्पनीलाई किन कारबाही नगर्ने पनि प्रश्न सोधेको हो । साथै पत्र प्राप्त भएको २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न नेप्सेले निर्देशन दिएको हो । 

कम्पनीको कारोबार पनि स्थगन गरिएको नेप्सेले जनाएको छ । 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved