लगानीकर्ता सप्ताह मनाउदै बोर्ड, सबै नियमन निकायलाई बोलाएर टेलिभिजन कार्यक्रम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 02:14:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले यस बर्षपनि असोज १५ देखि २१ गतेसम्म लगानीकर्ता सप्ताह मनाउने भएको छ ।  धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था इस्कोले बिश्व लगानीकर्ता सप्ताह मनाउन आह्वान गरे बमोजिम बोर्डले पनि कार्यक्रम गर्न लागेको हो । विश्व लगानीकर्ता सप्ताहको मुख्य उद्देश्य पूँजी बजारसम्बन्धी विभिन्न जानकारी, सूचना तथा गतिविधिहरु सर्वसाधारणमा प्रवाह मार्फत् पूँजी बजारसम्बन्धी साक्षरता तथा लगानीकर्ता सचेतना अभिवृद्धि गरी लगानीकर्ताको शसक्तिकरण गर्नु रहेको बोर्डले जनाएको छ । 

लगानीकर्ता सप्ताह मनाउन बोर्डले निम्न कार्यक्रम सार्बजनिक गरेको छ  ।

-(असोज १५, विहान ७ – ९ बजे, सोमबार)ः धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी प्रभात फेरी (¥याली) ।

-(असोज १७, बुधबार)ः पम्पलेट तथा लिफ्लेट प्रकाशन तथा वितरण, धितोपत्र बजारको अवस्था तथा प्रवृत्ति, बजारको विकास तथा विस्तारका लागि विगतका वर्षहरुमा भएका पहलहरु पत्रपत्रिकामा प्रकाशन, सर्वसाधारण लगानीकर्ता प्रशिक्षण कार्यक्रम र बोर्डको पुर्नसंरचित लगानीकर्तामैत्री वेबसाइट तथा बजार सहभागीहरु समेतको सहभागीतामा प्रत्येक तीन महिनामा लगानीकर्ताहरुसंग अन्तरक्रिया कार्यक्रमको शुभारम्भ गर्ने ।

-(असोज १८, बिहिबार)ः नियमन निकाय, नेपाल स्टक एक्सचेञ्ज लि. तथा सिडिएस एण्ड क्लियरिङ्ग लि. का उच्च पदस्त कर्मचारी र धितोपत्र व्यवसायी, प्रबुद्ध लगानीकर्ता तथा पूँजी बजार विज्ञलाई सम्लग्न गराई टेलिभिजनमार्फत अन्र्तवार्ता÷अन्तरक्रिया कार्यक्रम प्रसारण ।

-(असोज २०, शनिबार)ः लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धिका लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी पाक्षिक रेडियो कार्यक्रम सञ्चालनको शुरुवात ।

-(असोज १९ र २०, शुक्रबार र शनिबार)ः प्रदेश १ को विराटनगरमा प्रथम प्रादेशिक पूँजी बजार प्रदर्शंनी सञ्चालन गर्ने, उक्त प्रदर्शनीमा धितोपत्र बजार औजार तथा सेवा सम्बन्धी कम्तीमा १०० स्टलमार्फत् धितोपत्र बजारका विविध पक्षहरुको बारेमा सर्वसाधारणलाई जानकारी दिने तथा सम्बन्धित जिज्ञासाहरुको समाधान गर्ने, धितोपत्र बजार, वास्तविक क्षेत्र, आर्थिक विकास तथा बृद्धि र धितोपत्र व्यवसायी सेवाः नेपालको सन्दर्भ सम्बन्धमा दुई प्राविधिक सत्रको व्यवस्थापन र बोर्डका प्रकाशनहरुको निःशुल्क वितरण गर्ने र एक नेपाली एक डिम्याट खाता अभियानको शुभारम्भ गर्ने । 

विश्व लगानीकर्ता सप्ताह सञ्चालनबाट धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना, गतिविधि तथा महत्व र यससम्बन्धी साधन तथा सेवा र बजार विकासको अवस्थाका सम्बन्धमा आमसर्वसाधारणमा व्यापक जानकारी प्रवाह भई उनीहरुलाई बजार प्रवेश तथा लगानीसम्बन्धी सुसूचित निर्णय गर्न सहयोग पुगी लगानीकर्ताहरुको सशक्तिकरण हुने र यसबाट बजारको नियमन, सुधार तथा विकास कार्य थप सहज हुने तथा देशमा पूँजी बजारसम्बन्धी गतिविधिहरुमा अझ व्यापकता आउने विश्वास लिएको बोर्डले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved