नेरुदी लघुवित्तले ७ करोड बराबरको लाभांश दिने, बोनस कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 03:04:51 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेरुदी लघुवित्तले लाभांश घोषणा गरेको छ  । कम्पनीको भदौ ३० गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र ५.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  

बैठकले चुक्ता पुंजीको १५ प्रतिशतले हुन् आउने ५ करोड १८ लाख ६७ हजार बराबरको बोनस शेयर र ५.७९ प्रतिशतका दरले हुन् आउने २ करोड १८ हजार ८ सय ४२ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ। 

हाल कम्पनीको चुक्ता पुंजी ३४ करोड ५७ लाख ८० हजार रहेकोमा प्रस्तावित १५ प्रतिशत चुक्ता पुंजी ३९ करोड ७६ लाख ४७ हजार पुग्ने छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved