जनसेवी लघुवित्तले माग्यो आईपिओ निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 05:56:48 PM मा प्रकाशित

laxmi  sunrise bank

जनसेवी लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले सर्वसाधारणको लागि ४ करोड २० लाख बराबरको  ४ लाख २० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । कम्पनीले मंगलबार अनुमति माग गर्दै आवेदन दिएको हो । 

कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको  छ । आइतबार भएको बिक्री प्रबन्धक नियुक्त सम्झौतामा जनसेवी लघुविका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कमल बहादुर खत्री तथा एनएमबि क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन् ।

जनसेवी लघुवितले २०७२ आश्विन १२ गते नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी २०७२ कार्तिक २२ गते पर्वत जिल्लाको कुस्माबाट कारोवार सञ्चालन सुरु गरेको हो। हाल कम्पनीको अधिकृत पूँजी रु. ३० करोड र जारी पूँजी रु. १४ करोड रहेको छ । सर्वसाधारणलाई रु. ४ करोड २० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. १४ करोड पुग्नेछ । 

हाल कम्पनीको पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रुकुम, रोल्पा, कास्की, तनहूँ, लम्जुङ्ग र गोर्खा गरी १० जिल्ला कार्यक्षेत्र रहेको छ ।  कम्पनीले पौष मसान्तभित्रमा नै शेयर जारी गरीसक्ने वित्तीय संस्थाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved