यो १० शर्त पालना गरे लघुवित्तले पनि विदेशबाट ऋण लिन पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 06:45:15 PM मा प्रकाशित

laxmi  sunrise bank

लघुवित्त वित्तीय संस्थाहरुले पनि परिवर्त्य बिदेशी मुद्रामा ऋण लिन सक्ने भएका छन् ।  नेपाल राष्ट्र बैंकले एक सूचना जारि गर्दै लघुवित्तहरुले बिदेशी मुद्रामा पनि कर्जा लिएर लगानी गर्न पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। राष्ट्र बैंकले विभिन्न १० शर्तहरु तोकी लघुवित्तहरुलाई बिदेशी मुद्रामा ऋण ल्याउन अनुमति दिन लागेको बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले जानकारी दिए  

लघुवित्तहरुले आफ्नो प्राथमिक पुंजीको २५ प्रतिशत रकमसम्म बिदेशी मुद्रामा ऋण लिन सक्ने छन् । तर राष्ट्र बैंकले तोके बमोजिमको पुंजीकोष कायम गरेका कम्पनीहरुले मात्र यस्तो ऋणको सुबिधा लिन सक्ने छन् । यस्तो प्रकारको ऋण लिन कम्पनीको संचालक समितिले निर्णय गर्नु पर्ने र आफ्नो प्राथमिक पुंजीको बढीमा ३० गुणासम्म मात्र वित्तीय श्रोत परिचालन हुन् सक्ने गरी ब्यबस्था मिलाउन पर्ने राष्ट्र बैंकले जनाएको छ 

१ देखि ५ बर्षसम्ममा ऋण भुक्तान गरी सक्नु पर्ने शर्त पनि राष्ट्र बैंकले तोकको छ । ऋण लिंदा बिदेशी संस्थालाई कुनै पनि बैंक ग्यारेन्टी, धितो वा जमानत दिन पाइने छैन । ऋण लिन राष्ट्र बैंकको पुर्व स्वीकृति लिनु पर्ने र ऋणको साँवा ब्याज तिरेपछि राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने प्रावधान राष्ट्र बैंकले राखेको छ ।


यस्ता छन् राष्ट्र बैंकले तोकेका १० शर्तहरु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved