तिनाउ विकास बैंकले ६ करोड ३३ लाख लाभांश वितरण गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 10:23:38 AM मा प्रकाशित

laxmi  sunrise bank

तिनाउ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

बैंकले बोनस र नगद  गरी  कुल ६ करोड ३३ लाख लाभांश प्रस्ताव गरेको हो  । 

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ  ।  

हाल बैंकको चुक्ता पुंजी ५० करोड ६० लाख रहेकोमा प्रस्तावित १२ प्रतिशत बोनसपछि बैंकको चुक्ता पुंजी ५६ करोड ७७ लाख पुग्ने छ  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved