समीट माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, ४ करोडको बोनस दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 12:10:58 PM मा प्रकाशित

laxmi  sunrise bank

समीट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ  कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले शेयर प्रिमियम र गत बर्षको मुनाफाबाट २३.५३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो  

कम्पनीले चुक्ता पुंजीको २३.५३ प्रतिशतले हुन् आउने ४ करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.२४ प्रतिशतले हुन् आउने २१ लाख ५ हजार २ सय ६३ रुपैयाँ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो  

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ  

हाल कम्पनीको चुक्ता पुंजी १७ करोड रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी २१ करोड पुग्नेछ  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved