यस्तो छ मक ट्रेडिङमा शेयर कारोबार गर्ने तरिका (म्यानुअल सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 06:14:34 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबारदेखि अनलाइनको मक ट्रेडिङ सुरु गर्ने भएको छ । नेप्सेले सोमबार एक कार्यक्रम गर्दै यस सम्बन्धि जानकारी दिएको हो  । 

नेप्सेले साउन १ गतेदेखि अनलाइन प्रणालीको परीक्षण गरिरहेको थियो । त्यसमा लगानीकर्ताले आफ्नो आदेश के भईरहेको छ भनेर हेर्न मात्र मिल्थ्यो।  अब मक ट्रेडिङ सुरु भएसंगै लगानीकर्ताले आफै खरिद बिक्रिको लागि अर्डर दिन सक्ने छन् । नेप्सेले ४ देखि ६ हप्तासम्म मक ट्रेडिङ गरेर लगानीकर्तालाई पूर्ण अनलाइन चलाउन अभ्यस्त गराउन लागेको हो । 

मक ट्रेडिङ गर्दा देखिएका समस्या तथा अन्य सुझावहरु पनि पठाउन नेप्सेले सबैसंग आह्वान गरेको छ । सुझावको लागि छुट्टै इमेल आइडी उपलब्ध गराउने नेप्सेले जनाएको छ । 

मक ट्रेडिङ गर्न पहिले लगानीकर्ताले आफुले कारोबार गर्ने ब्रोकरबाट युजर नेम र पासवर्ड लिनु पर्नेछ । त्यसपछि लगानीकर्ताले अर्डर दिन सक्ने छन् । साथै आफुले दिएको अर्डर हेर्न (अर्डर बुक) र कारोबार भएको (ट्रेड बुक ) हेर्न सक्ने छन् । साथै लगानीकर्ताले आफ्नो अर्डरलाई रद्द गर्न वा मोडिफाई गर्न पनि सक्ने छन् । 

मक ट्रेडिङमा रियल टाइम मार्केट डेप्थ हेर्न सकिने सुबिधा पनि रहने छ । साथै आफुले चाहेको कम्पनीको शेयरहरुको एउटा समुह बनाएर त्यसलाई ट्रयाक गर्न सकिन्छ ।  यस्तो समुहमा २० देखि २५ वटा कम्पनी रहने र यस्तो समुह धेरै वटा बनाउन सकिने छ । मक ट्रेडिङ बिहान १० बजेदेखि ७ बजेसम्म नै खुला गर्ने योजना रहेको र आवश्यकता अनुसार समय परिवर्तन गर्न सकिने नेप्सेका आइटी प्रमुख निरंजय नायकले जानकारी दिए । 

यो मक ट्रेडिङ अभ्यासको लागि मात्र भएकोले यसमा सेटलमेन्ट भने हुने छैन । अनलाइन ट्रेडिङको सिस्टम बनाएको वाईको कम्पनी प्रोजेक्ट म्यानेजर सगर उपाध्यायले यो सिक्नको लागि भएकोले यसमा आफुसंगै हुदै नभएको शेयर बेच्न वा मन लागे जति किनेर अनलाइन ट्रेडिङको लागि अभ्यास गर्न सकिने बताए ।

उनले भने 'यो अभ्यास गर्नको लागि हो, अहिले मक ट्रेडिङमा शेयर बेच्दा घाटामा गए केहि भएन तर रियल अनलाइन आएपछि सिस्टम चलाउन नजानेरै घाटा भए समस्या हुन्छ'। 

हेर्नुस मक ट्रेडिङ प्रयोग गर्ने तरिका (म्यानुअल ) । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved