'२ महिना भित्रै अनलाइन ट्रेडिङ आउँछ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2018 | 06:46:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले शेयर बजारमा अनलाइन ट्रेडिङको अनिश्चितता हटेको बताएका छन् ।  मक ट्रेडिङ घोषणा कार्यक्रममा बोल्दै साउदले अब २ महिना भित्रै अनलाइन ट्रेडिङ आउने बताएका हुन् । 

नेप्सेले अनलाइन ट्रेडिङमा लगानीकर्तालाई अभ्यस्त गराउनको लागि मंगलबारदेखि मक ट्रेडिङ सुरु गर्दै छ । सीइओ साउदले मंगलबारदेखि सुरुदेखि मक ट्रेडिङ ४ देखि ६ हप्तासम्म चल्ने र त्यसपछि लगत्तै अनलाइन ट्रेडिङ सुरु हुने जानकारी दिएका हुन् । उनले भदौ २२ गते नै मक ट्रेडिङ सुरु गर्ने तालिका रहेको भएपनि डाटा सेन्टरको कारण गर्न नसकिएको बताएका हुन् ।

हाल भने नेप्सेले आफ्नै सिमित श्रोत साधनलाई प्रयोग गरेर मक ट्रेडिङ संचालन गर्न लागेको हो  । यस समयमा सबै ब्रोकरलाई आवश्यक पूर्वाधार तयार पार्न साउदले सबै ब्रोकरहरुलाई आग्रह गरेका छन् । उनले अरु कुनै कम्पनीसँग सहकार्य गरेर वा आफ्नै भएपनि डाटा सेन्टर राख्न आग्रह गरेका हुन् । उनले सबै ब्रोकर कम्पनीहरुले लगानी गरेर ब्रोकरहरुको छुट्टै डाटा सेन्टर कम्पनी स्थापना गर्ने बिषयमा पनि विचार गर्न आग्रह गरे । 

कार्यक्रममा सीइओ साउदले मक ट्रेडिङ नै 'लाइभ' जस्तै भएकोले त्यसबाट कारोबार गर्ने तरिका सिक्न लगानीकर्ताहरुलाई आग्रह गरे। साथै उनले नेप्सेको वेबसाइटमा भिडियो सहितका म्यानुअल राख्ने र आवश्यक परे राजधनी बाहिर गएर पनि यसबारे सिकाउने तयारी गरेको बताए । 

साथै साउद नेप्सेले आफ्नै डाटा सेन्टर बनाउने घोषणा पनि गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved