बढेको बजारमा नेको इन्स्योरेन्सको कारोबार उच्च, कमाउनेमा अरुण काबेली अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2018 | 04:09:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ  । आज नेप्से सूचक २.४१ अंकले बढेर १२५८.८१ को बिन्दुमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १६९ कम्पनीका १५ लाख ५९ हजार ४ सय २ कित्ता शेयर खरिद बिक्रिबाट ४६ करोड ६९ लाख ७२ हजार १ सय ९६ रुपैयाँको कारोबार भएको छ  ।

आज नेको इन्स्योरेन्सको सबै भन्दा धेरै ३ करोड ३९ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा एनएमबी बैंक, प्राइम लाइफ इन्स्योरेन्स, एनआइसी एसिया, नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स लगायत रहेका छन्  ।

आज अरुण काबेलीका लगानीकर्ताले सर्बाधिक ९.८४ प्रतिशत र भार्गव विकास बैंकका लगानीकर्ताले सर्बाधिक ९.२७ प्रतिशत कमाएका छन्  । अन्य बढी कमाउनेमा हिमालय पावर पार्टनर, अपि पावर, नेशनल हाइड्रोपावर लगायत रहेका छन्  ।

आज हाथवे फाइनान्सका लगानीकर्ताले सर्बाधिक ४.८३ प्रतिशत गुमाएका छन्  । अन्य बढी गुमाउनेमा विजय लघुवित्त, मेगा बैंक, कन्काई विकास बैंक लगायत रहेका छन्  । 

आज एनएमबी बैंकको सर्बाधिक ६९ हजार २ सय ८७ कित्ता शेयार खरिद बिक्रि भएको छ  । आज फाइनान्स, होटेल र बैंकिंग बाहेकका सबै समुहगत सूचक बढेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved