हिमालय उर्जा विकासले पायो आईपिओ निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2018 | 02:31:16 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालय उर्जा विकास कम्पनीले आईपिओ निष्काशनको अनुमति पाएको छ  । कम्पनीले पहिलो चरणमा आयोजित प्रभावित स्थानीयको लागि ९ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको हो  । 

नेपाल धितोपत्र बोर्डले असोज २ गते कम्पनीलाई अईपियो निष्काशनको अनुमति दिएको हो । कम्पनीको बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेड रहेको छ ।

कम्पनीले उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको रु २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved