शुभम पावरले ५ करोड ८० लाखको आईपिओ निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2018 | 02:40:38 PM मा प्रकाशित

laxmi  sunrise bank

शुभम् पावर कम्पनीले सर्वसाधारणलाई अईपियो निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले स्थानीय खरिद नगरेको १ लाख ८० हजार कित्तासहित ५ लाख ८० हजार ५८० कित्ता आइपीओ बिक्री गर्न अनुमति माग गरेको हो ।

 कम्पनीले यसअघि जेठ २० देखि असार २४ गतेसम्म संखुवासभा जिल्लाका आयोजना प्रभावित बासिन्दाका लागि २ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । तर स्थानीय बासिन्दाले जम्मा १९ हजार ४२० कित्ताका लागि मात्र आवेदन दिएकाले बिक्रि नभएको १ लाख ८० हजार ५८० कित्तासमेत थपेर सर्वसाधारणलाई शेयर बिक्रि गर्न लागिएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटलले रहेको छ । कम्पनीले संखुवासभा जिल्लामा ९९० किलोवाटको पिलुवाखोला जलविद्युत आयोजना सम्पन्न गरी २०६८ साउन १ गतेदेखि बिजुली उत्पादन गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved