मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा, ८ करोड ५० लाखको बोनस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 11:27:26 AM मा प्रकाशित

laxmi  sunrise bank

मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।  बैंकको असोज ४ गते बुधबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्ष मुनाफाबाट १७ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । 

बैठकले चुक्ता पुंजीको १७ प्रतिशतले हुन आउने ८ करोड ५० लाख बराबरको बोनस शेयर र ०.८९४७ प्रतिशतले हुन् आउने ४४ लाख ७३ हजार ६ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।  

हाल बैंकको चुक्ता पुंजी ५० करोड रहेकोमा प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुंजी ५८ करोड ५० लाख पुग्ने छ । 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved