मक ट्रेडिङ गर्न लगानीकर्तालाई ब्रोकर अनुसारको छुट्टाछुट्टै वेबसाइट, तपाइको कुन ? (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 12:42:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मंगलबारदेखि अनलाइनको मक ट्रेडिङ सुरु गरेको छ । नेप्सेले मक ट्रेडिङको लागि हरेक ब्रोकरमा आबद्द लगानीकर्तालाई छुट्टाछुट्टै युआरएल अर्थात् वेबसाइट उपलब्ध गराएको छ  । लगानीकर्ताले आफ्नो ब्रोकरबाट युजर आइडी र पासवर्ड लिएर आफु आवद्द ब्रोकरको वेबसाइटबाट मक ट्रेडिङ गर्न सक्ने छन्  । 

नेप्सेले साउन १ गतेदेखि अनलाइन प्रणालीको परीक्षण गरिरहेको थियो । त्यसमा लगानीकर्ताले आफ्नो आदेश के भईरहेको छ भनेर हेर्न मात्र मिल्थ्यो।  अब मक ट्रेडिङ सुरु भएसंगै लगानीकर्ताले आफै खरिद बिक्रिको लागि अर्डर दिन सक्ने छन् । नेप्सेले ४ देखि ६ हप्तासम्म मक ट्रेडिङ गरेर लगानीकर्तालाई पूर्ण अनलाइन चलाउन अभ्यस्त गराउन लागेको हो । 


  लगानीकर्ताले मक ट्रेडिङमा आफैले अर्डर दिन सक्ने छन् । साथै आफुले दिएको अर्डर हेर्न (अर्डर बुक) र कारोबार भएको (ट्रेड बुक ) हेर्न सक्ने छन् । साथै लगानीकर्ताले आफ्नो अर्डरलाई रद्द गर्न वा मोडिफाई गर्न पनि सक्ने छन् । 

मक ट्रेडिङमा रियल टाइम मार्केट डेप्थ हेर्न सकिने सुबिधा पनि रहने छ । साथै आफुले चाहेको कम्पनीको शेयरहरुको एउटा समुह बनाएर त्यसलाई ट्रयाक गर्न सकिन्छ ।  यस्तो समुहमा २० देखि २५ वटा कम्पनी रहने र यस्तो समुह धेरै वटा बनाउन सकिने छ ।  

यो मक ट्रेडिङ अभ्यासको लागि मात्र भएकोले यसमा सेटलमेन्ट भने हुने छैन । अनलाइन ट्रेडिङको सिस्टम बनाएको वाईको कम्पनी प्रोजेक्ट म्यानेजर सगर उपाध्यायले यो सिक्नको लागि भएकोले यसमा आफुसंगै हुदै नभएको शेयर बेच्न वा मन लागे जति किनेर अनलाइन ट्रेडिङको लागि अभ्यास गर्न सकिने बताए ।

उनले भने 'यो अभ्यास गर्नको लागि हो, अहिले मक ट्रेडिङमा शेयर बेच्दा घाटामा गए केहि भएन तर रियल अनलाइन आएपछि सिस्टम चलाउन नजानेरै घाटा भए समस्या हुन्छ'। 

हेर्नुस ब्रोकरको युआरएलहरु : 


हेर्नुस मक ट्रेडिङ प्रयोग गर्ने तरिका (म्यानुअल ) । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved