सहजपुर्वक भएन मक ट्रेडिङ, पूर्ण सिस्टम आउनै अझै एक साता लाग्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 02:24:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले असोज २ गते मंगलबारदेखि मक ट्रेडिङ सुरु भएको जनाए पनि अधिकांश लगानीकर्ताहरुले यसको प्रयोग गर्न पाईरहेका छैनन् । नेप्सेले मक टट्रेडिङको राय संकलन गर्न सुरु गरिसकेको छ । तर अधिकांश लगानीकर्ताहरुले यसको प्रयोग नै गर्न नपाएका हुन् । 

मक ट्रेडिङको लागे हरेक लगानीकर्ताले आफुले कारोबार गर्न ब्रोकरमा गएर आफ्नो केवाईसी अपडेट गराई युजर र पासवर्डको लागि एउटा फर्म भर्नु पर्छ । त्यसपछि ब्रोकरले आईडी र पासवर्ड दिने गरेको छ ।  तर मक ट्रेडिङको सिस्टम समस्या आएर लगानीकर्ताले आईडी पासवर्ड नै पाउन सकेका छैनन् ।  एक लगानीकर्ताले बिजपाटीसंग भने 'बिहान फारम भरेर आएको, अझैसम्म आइडी पासवर्ड आएको छैन, सिस्टम डाउन भएर ढिला भयो भन्ने जवाफ आयो'।  यस्तै समस्या अन्यले पनि भोगिरहेका छन् । 

आईडी पासवर्ड लिएकाहरुले पनि सिस्टम ढिलो खुलेको गुनासो गरेका छन् ।  

नेप्सेले मक ट्रेडिङबारे जानकारी दिन अनलाईन ट्रेडिङ निर्माता कम्पनी वाईकोका सीईओ र प्रोजेक्ट हेडलाई  बोलाएर पत्रकार सम्मेलन नै आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा भनिए अनुसारको सिस्टम अहिलेको मक ट्रेडिङमा नदेखिएको ब्रोकर स्वयं र लगानीकर्ताले गुनसो गरेका छन् ।  

अहिले मक ट्रेडिङमा रहने भनिएको रियल टाइम मार्केट डेप्थ लगायतका अन्य धेरिया फिचरहरु चलेका छैनन् । उता नेप्से कै एक उच्च अधिकारीले मक ट्रेडिङ नै पूर्ण रुपमा लागु हुन् अझै १ साता लाग्ने बताए ।  उनले मक ट्रेडिङमा लगानीकर्तालाई दिइने भनिएको सेवाहरुले पूर्ण रुपमा काम गर्न अझै एक सातासम्म लाग्न सक्ने बताएका हुन् । 

यसले गर्दा मक ट्रेडिङको बिषयमा नेप्से आफै अन्योलमा रहेको देखिन्छ ।  नेप्सेले ४ देखि ६ हप्तासम्म मक ट्रेडिङ गर्ने र त्यसपछि अनलाइनमा ट्रेडिङ सुरु गर्ने जनाएको थियो ।  तर मक ट्रेडिङ नै पूर्ण रुपमा सुरु हुन्अझै एक सातासम्म लाग्ने भएपछि  पूर्ण अनलाइन ट्रेडिङ आउने बारे अन्योल देखिएको हो ।  

(तपाईहरुले पनि मक ट्रेडिङ गर्दाको आफ्नो अनुभव र देखिएका समस्या बारेमा हामीलाई हाम्रो फेसबुक पेजमा म्यासेज गरेर वा हामीलाई इमेल गरेर तथा यसै समाचारको तल रहेको कमेन्टमा लेखेर जानकारी गराउन सक्नु हुन्छ-सम्पादक ) 

यो पनि : 

मक ट्रेडिङ गर्न लगानीकर्तालाई ब्रोकर अनुसारको छुट्टाछुट्टै वेबसाइट, तपाइको कुन ? (सुचीसहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved