घटेको बजारमा सानिमा माई हाइड्रोको कारोबार उच्च, गुमाउनेमा सिनर्जी पावर अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 04:06:53 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको कारोबारको अन्तिम दिन बजार परिसूचक नेप्से सूचक घटेको छ । आज नेप्से सूचक ३.७४ अंकले घटेर १२५५.०७ को बिन्दुमा पुगेर रोकिएको हो ।  आज कारोबारमा आएका १ सय ६७ कम्पनीका २० लाख १५ हजार ८ सय २९ कित्ता शेयर खरिद बिक्रिबाट ५५ करोड ५० लाख ६१ हजार ५ सय २ रुपैयाँको कारोबार भएको छ । 

आज सानिमा माई हाइड्रोको सबै भन्दा धेरै ७ करोड ४६ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया, एनएमबी बैंक, प्रभु बैंक, नबिल बैंक, देव विकास बैंक लगायत रहेको छ । 

आज ग्लोबल आईएमई सम्मुनत स्किम १ का लगानीकर्ताले सर्बाधिक १० प्रतिशत कमाएका छन् ।  अन्य बढी कमाउनेमा एनआईसी एसिया , देव विकास बैंक, सेन्ट्रल फाइनान्स लगायत रहेका छन् ।  

आज सिनर्जी पावर डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ५.८८ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा हिमालय पावर पार्टनर, युनाइटेड फाइनान्स, अरुण भ्याली हाइड्रो, सानिमा इक्विटी फण्ड लगायत रहेका छन् । 

आज होटेल, विकास बैंक र अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved